आमा बन्दै आलिया भट्ट



काठमाडाैँ । बलिउड अभिनेत्री आलिया भट्ट गर्भवती छिन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले उनको सन्तानको छिट्टै आगमन हुने जानकारी दिएकी हुन् ।

‘हाम्रो बच्चा चाँडै आउँदैछ,’ उनको तस्वीरको क्याप्सन छ । तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न सकिन्छ । आलियाको यस्तो घोषणा लगत्तै रणवीर र आलियालाई बधाईको ओइरो लागेको छ ।


यसै वर्ष १४ अप्रिलमा रणबीर र आलिया भट्टले विवाह गरेका थिए । आलियाको प्रेग्नेन्सी पोस्टमा उनकी आमा सोनी राजदान र आमाजु रिद्धिमाको पनि प्रतिक्रिया आएको छ । रिद्धिमाले हार्टको इमोजी बनाएकी छिन् भने उनकी आमा सोनी राजदानले लेखेकी छिन्, ‘बधाई मामा एन्ड पापा लायन । ’