आजदेखि १२ वर्षदेखि १७ वर्षका बालबालिकालाई ‘बुस्टर डोज’



काठमाडौं, जेठ २७ गते । सरकारले शुक्रबारबाट १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरुलाई बुस्टर मात्रा खोप दिने भएको छ ।

कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको तीन महिना पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई बुस्टर मात्रा खोप लगाउन लागिएको हो । 


खोप लगाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले सबै प्रदेशका स्वास्थ्य कार्यलयलाई परिपत्र गरिसकेको छ । 

सो उमेर समूहका बालबालिकाहरलाई पुस ४ गतेबाट पहिलो मात्रा खोप दिन सुरु गरेको थियो ।

मन्त्रालयले फाइजर खोपको दुई मात्रा खोप लगाएकाहरुलाई बुस्टरको रुपमा फाइजर खोप ० Þ३ मि लि र मोर्डना खोप ० Þ२५ मि  लि लगाउन आग्रह गरेको छ ।

मोर्डना खोपको दुई मात्रा खोप लगाएकाहरुलाई बुस्टरको रुपमा मोर्डना खोप ०.२५ मि लि र फाइजर खोप ० Þ३  मि लि लगाउन निर्देशन दिएको छ ।

साथै फाइजर खोप लगाएकालाई  मोर्डना  खोप र मोर्डना खोप लगाएकालाई फाइजर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । 

यसका साथै १२ वर्षमाथिका  छुटेका सबैलाई पहिलो, दोस्रो तथा बुस्टर मात्रा खोप तीव्रताका साथ अभियान सञ्चालन गर्न सरकारले सबै प्रदेशका स्वास्थ्य कार्यलयलाई आग्रह गरेको छ ।