आँबुखैरेनी मुग्लिन खण्डमा सडक भाँसिएर मत्यु भएका दुवैको सनाखत



तनहुँ । पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी मुग्लिन खण्डमा सडक भाँसिएको स्थानमा सवारी खसेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका-४ मस्र्याङ्दी जलविद्युत केन्द्रको पावर हाउस नजिक राजमार्गमा खसेको पहिरोले च्यापिएर कारमा यात्रारत एक र स्कुटरमा सवार एक जनाको मृत्यु भएका दुवै जनाको सनाखत भएको हो । 

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई सवारी साधन देखेपछि उद्धारको लागि पोखरा र चितवनबाट गोताखोर टोली आएको थियो। सो टोलीले नदीमा खोजतलास गर्दा दुई शव फेला परेका हुन्। दुवै शवको सवारी साधनको नम्बरको आधारमा आफन्तजन सम्पर्क गराई पहिचान गरिएको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षत्रीले जानकारी दिनुभयो। उक्त दुर्घटनामा बा ३३ प १०८१ नम्बरको स्कुटरमा यात्रा गर्ने गोरखा जिल्ला सिरानचोक गाउँपालिका-५ छोप्राक घरभएर हाल तनुहँको आबुँखैरेनी गाउँपालिका निवासी २९ वर्षीय केशव घिमिरेको सनाखत भएको प्रहरी निरीक्षक क्षत्रीले जानकारी दिP। 


बा १० च ४६७९ नम्बरको कारमा यात्रा गर्ने हेटौंडा उपमहानगरपालिका-७ नागसेदी बस्ने वर्ष ३७ को अनिल भुजेलको सनाखत भएको छ। घिमिरे र भुजेल दुवैको सवारी साधन सडक भासिएर मस्र्याङ्दी नदीमा खसेको थियो। मृतक दुई जनाकै शव पोष्टमार्टमको लागि सदरमुकाम दमौलीस्थित दमौली अस्पतालको शवगृहमा राखिएको छ।