अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डरको पाँचखाल र शिवपुरीको भ्रमण(फोटोफिचर)



काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिन पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन्। चार दिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका फ्लिनले सोमबार शिवपुरस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण समेत गरे ।

अमेरिकी टोलीसहित पाँचखाल पुगेका फ्लिनलाई त्यहाँको शान्ति कार्य निर्देशनालयका निर्देशकले स्वागत गरेका थिए। अमेरिकी टोलीलाई वस्तुस्थितिलगायत विविध पक्षकोफ बारेमा जानकारी गराएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। अमेरिकी टोलीले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न पदर्शनीको अवलोकनसमेत गरेका थिए । आजै शिवपुरी भ्रमणमा पुगेका उनलाई नेपाली सेनाको स्टाफ कलेजका शिक्षाध्यक्षले स्वागत गरेका थिए।


सोही अवसरमा तालिमरत शिक्षार्थीहरुसँग अन्तरक्रिया गरेको सेनाले जनाएको छ । फ्लिनले कलेज परिसरमा वृक्षारोपणसमेत गरेका थिए। बिहीबार नेपाल आएका फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग दुई देशको हित सम्बन्धमा भेटवार्ता गरेका थिए।