अमेरिकाकाे टेक्ससमा ट्रकभित्र भेटियाे ४२ जनाको शव



अमेरिकाको टेक्सस राज्यको बाहिरी इलाकामा एउटा ट्रकमा कम्तीमा ४२ जनाको शव भेटिएको छ । ती सबै आप्रवासी भएको अनुमान गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । सामाजिक सञ्जालमा शेयर भइरहेका तस्विरहरूमा ठूलो ट्रकको वरिपरि धेरै आपतकालीन कामदारहरू देखिन्छन् ।


स्थानीय टिभी च्यानलका अनुसार ट्रक सान एन्टोनियोको दक्षिणपश्चिम तर्फ रेलवे ट्र्याक नजिकै देखा परेको थियो ।

न्युयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट भागेका गाडीका चालकलाई खोजिरहेका छन् ।

यी व्यक्तिको मृत्यु के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।