७० वर्ष नाघेकाले  चुनाव लड्न नपाउने व्यवस्था गरौंः योगेश भट्टराई



काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकाले राज्यका निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा बैठकमा भट्टराईले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।

उनले भने,‘हामीले ६५ वर्ष अथवा ५८ वर्षमा अवकाशको प्रणाली राखेका छौं। तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ। अब ७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि निकायहरूमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने?’ भट्टराईले आफूहरूलाई  र्याल–सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री नचाहिएको बताए । उनले भने, ‘हामीलाई काम गर्ने प्रधानमन्त्री चाहिएको हो। यस विषयमा सबै राजनीतिक दलहरूले एक मत बनाऔं भनेर ध्यानाकर्षण गर्न चाहन्छु ।’