२ करोड ४४ लाख रुपैयाँ गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको भन्दै पूर्वनासुविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकजना पूर्वनायब सुब्बाले गैरकानुनी रूपमा २ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन सुब्बा गणपति झाबाट २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ जफत गर्न विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार झा २०३९ मंसिर ९ गते गाविस सचिव भएर सार्वजनिक सेवामा प्रवेश गरेका थिए। उनी गत साउनमा अवकाश भएका थिए ।


यो बीचमा उनले सरकारी तलब, सुविधा, व्यापार, व्यवसायबाट २ करोड ४२ लाख ६७ हजार १ सा ४ रुपैयाँ कमाएको देखिएको र ४ करोड ८७ लाख ३८ हजार २ सय १० रुपैयाँ खर्च गरेका छन्। आम्दानीभन्दा दोब्बर बढी खर्च गर्न पैसा उनले गैरकानुनी तरिकाले कमाएको अख्तियारको दाबी छ । अख्तियारले झासहित उनकी श्रीमती र तीन जना छोराहरूलाई पनि प्रतिवादी बनाएको छ।