संसद्‌मा बजेटमाथिको छलफल स्थगन, मलबारे छलफल हुँदै



काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा किसानले मल नपाएको विषयमा छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ल्याएको मलबारे छलफल गर्नका लागि ‘स्थगनको प्रस्ताव’माथि छलफल भइरहेको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेमा प्रमुख सचेतक विशाल भट्टराईलगायत १५ सांसदले स्थगनको प्रस्ताव राखेका थिए । ‘किसानलाई आवश्यक मलको व्यवस्था गर्न र दीर्घकालका लागि भण्डारणको समेत व्यवस्था गर्न आवश्यक भएकाले प्रतिनिधिसभामा छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस्’ भन्ने प्रस्ताव भट्टराईले राखेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमाथि छलफल गर्नक लागि २ घण्टाको समय छुट्याएका छन् ।