श्री एयरलाइन्सको काठमाडौँ–जनकपुर पुनः उडान सुरु



काठमाडाैँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–जनकपुर गन्तव्यमा पुनः उडान सुरु गरेको छ ।

काठमाडौँ–जनकपुर गन्तव्यमा आजदेखि दैनिक उडान सुरु गरिएको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । कोभिड–१९ महामारीका बीच पनि नियमित उडान गरिरहेको श्रीले जहाज अभावका कारण यो गन्तव्यमा उडान स्थगन गरेको थियो ।


उडान तालिकाअनुसार श्रीको जहाज काठमाडौँबाट दिउँसो १२ः३५ मा उड्नेछ । जनकपुरबाट १ः३० मा काठमाडौँ उडान भर्ने कम्पनीले जनाएको छ । श्री एयरलाइन्सले हाल पाँच जहाजमार्फत देशका आठ गन्तव्यमा उडान भर्दै आएको छ ।