श्रीलङ्कामा इन्धन वितरणलाई सहज पार्न टोकनको व्यवस्था गरिने



श्रीलङ्कामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ । इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलङ्काका विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले देशभरका इन्धन भर्ने स्टेशनहरूले सोमबारदेखि उपभोक्ताहरूका लागि टोकन जारी गर्ने बताए ।

कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै विजेसेकेराले श्रीलङ्काली सेना र प्रहरीको सहयोग खोजिएको र सीमित मात्रामा मात्र पेट्रोल र डिजेल भर्न सर्वसाधारणलाई टोकन नम्बर दिइने बताए । सर्वसाधारणलाई पाएक पर्ने पेट्रोल स्टेसनमा आफ्नो मोबाइल नम्बर दर्ता गर्न अनुरोध गरिएको छ ।


इन्धन उपलब्धताका आधारमा ग्राहकलाई ती स्टेसनबाट फोन गर्ने र सूचना दिइनेछ । यसको प्रहरी तथा सरकारी निकायले अनुगमन गर्नेछन् । प्रदेशमा पछिल्लो इन्धन ढुवानीको मिति निश्चित नभएको बताउँदै रूसबाट इन्धन आयात र अन्य सम्बन्धित विषयमा छलफल गर्न दुई मन्त्री सोमबार रूस प्रस्थान गर्ने उनले बताए ।

खराब आर्थिक सङ्कटको सामना गरिरहेको र इन्धनलगायत आवश्यक कुराहरूमा अभाव भएको श्रीलङ्कामा सवारी चालकहरू हप्तौंदेखि इन्धन केन्द्रबाहिर लाम लागिरहेका छन् । श्रीलङ्काका दुई इन्धन वितरक सिलोन पेट्रोलियम कर्पोरेसन र लङ्का आइओसीले आइतबार इन्धनको मूल्य वृद्धि गरेको घोषणा गरेका छन् । यो वर्ष श्रीलङ्काले चौथो पटक इन्धनको मूल्य बढाएको छ ।