‘शेयर कारोबार उत्पादनमूलक भएन’- प्रेम सुवाल



काठमाडौँ । शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका छन् ।

उनले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद सुवालले लिखित परीक्षाविना नै शेयर ब्रोकरहरु थप्ने काम भएको भन्दै त्यसमासमेत सुधारको माग गरे ।