वर्षाले फोहोर बगाएपछि उपत्यकाका सडकको बेहाल (फोटोफिचर)



काठमाडौँ । लामो समयदेखि उपत्यकामा फोहोर नउठ्दा सडक दुर्गन्धित हुन थालेको छ । चोक चोकमा फोहोर थुप्रिदा दूर्गन्ध बढिरहेको छ । सोमबार शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र नुवाकोट तथा धादिङका दुई पालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापनमा सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन ।

फोहोर बोकेका ट्रक सिसडोल गएपनि स्थानीयले फोहोर फाल्न दिएका छैनन् । फोहोर सडक थुप्रिएकै बेला बुधबार दिउँसो काठमाडौँमा भारी वर्षा भएको छ। जसका कारण सडक किनारामा थुप्रिएको फोहोर तैरिएर सडकको बीच भाग र सडक पेटीमा समेत पुगेको छ ।
फोटोः न्हुच्छेमान डंगोल ।