रु ५५ लाख बराबरको अवैध तेलसहित भारतीय ट्रक बरामद



सप्तरी । सशस्त्र प्रहरीले आज सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।

हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट एक हजार ५०० टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको यूपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रक चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई पनि नियन्त्रणमा लिएको सप्रनि तामाङले बताए । तेलको बजारको मूल्य ५४ लाख ९६ हजार रहेको छ ।


नियन्त्रणमा लिइएको ट्रकको मूल्य ५५ लाख र तेलको मूल्य ५४ लाख ९६ हजार राखेर तेलसहित ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । गस्ती टोलीको नेतृत्व गर्दै सप्रनि तामाङले ट्रक चालकलाई सोधपुछ तथा चेकजाँच गर्दा उक्त तेल र ट्रकको नेपाली कागजपत्र र विजक नपाएपछि नियन्त्रणमा लिएको बताइएको छ । ट्रक चालकले कुनै बेला भारत हिँडेको त कुनैबेला बाटो बिर्सिएर नेपाल प्रवेश गरेको बताएका छन् ।