प्रधानमन्त्री देउवा र काठमाडौँका मेयर साहबीच भेट



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले भेटेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न मेयर साह बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

मेयर बालेन्द्र साहसँगको भेटका क्रममा आज प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताएका छन् । भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिए ।


प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मेयर साह बुधबार प्रधानमन्त्री निवास पुगेका हुन् । ‘भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताउनुभएको छ,’ देउवा र साहबीचको भेटबारे परियारले भने, ‘महानगर प्रमु्ख साहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।’