प्रधानमन्त्री देउवाद्वारा बिजुक्छेँलाई समवेदना प्रकट



काठमाडाैँ । पत्नी शोकमा पर्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गरेका छन् । बिजुक्छेँलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गरेका हुन् ।

बिजुक्छेँकी पत्नी शोभा प्रधानको क्यान्सर रोगको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर रोग निवारण संस्थामा बुधबार निधन भएको थियो ।