प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित



काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकाे ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको थियो । विनियोजन विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।