प्रतिनिधिसभाबाट आर्थिक विधेयक बहुमतले पारित



काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो ।

बैठकमा उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक विधेयक २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए ।


निर्णयार्थ प्रस्तुत भएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।