जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस



काठमाडाैँ । हलिउडका प्रख्यात गायक जस्टिन बिबरलाई प्यारालाइसिस भएको छ । जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले छोएपछि उनलाई अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो । 

यो रोग लागेपछि जस्टिन केही समयका लागि आराममा छन् ।  उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो कन्सर्टको शो क्यान्सिल गरेको बताएका छन् ।


‘एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ । यो भाइरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ । यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ’,उनले भनेका छन् ।

‘यो समय म स्टेज प्रस्तुती दिन सकेको छै, किनकी मेरो शरीरले काम नै गरेको छैन । यो भाइरस निकै गम्भीर किसिमको छ । तपाईंहरु मेरो शरीरलाई देख्न सक्नुहुन्छ’, उनले भनेका छन् ।