चितवनमा जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते



चितवन । चितवनको रत्ननगरमा बुधबार दिउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ति लिएर खैरहनी जाँदै बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस   टाँडीको लोरीघोलमा पल्टिएको हो। दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन्। बसमा ३० जना सवार थिए। घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।


सामान्य उपचारपछि ठिक भएका बस चालक खैरहनी नगरपालिका ९ का ३१ वर्षीय रमेश शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।