खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार



ताप्लेजुङ । गए रातिको पहिरोमा परी सख्त घाइते हुनुभएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ ।

आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते हुनुभएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका पोखरेलको आग्रहमा नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको थियो ।


घटनास्थलबाट अन्य शवसमेत निकालिएको र हेलिकप्टरमै राखेर शव परीक्षणका लागि सदरमुकाम फुङलिङमा पु¥याइएको थियोे । घाइते अधिकारीकी आमा तुलसा र श्रीमती यसोदाको भने घटनास्थलमै निधन भएको थियो । रातको समयमा घरमाथिबाट झरेको पहिरोसँगै उछिट्टिएर सडकमा निस्किनुभएका अधिकारी भागेर ज्यान जोगाउन सफल भएका थिए । घरमा तीन जना मात्रै बस्दै आएका थिए । परिवारका अन्य सदस्य भने झापास्थित घरमा बस्दै आएका छन् ।

यता पहिरोकै कारण यहाँका दर्जनाैँ घरपरिवार जोखिममा परेका छन् । रातभरको वर्षाका कारण कतिपयले छरछिमेकको घरमा रहेर रात कटाएका थिए । खेवाङसहित जिल्लाका विभिन्न ठाउँमा झरेको पहिरोले ठूलो क्षति पु¥याएको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए ।