कोभिडविरुद्धको २२ लाख डोज फाइजर (पेडियाट्रिक) खोप काठमाडौँ आइपुग्याे



काठमाडौँ । पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिडविरुद्धको २२ लाख डोज फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत पहिलो चरणमा २२ लाख डोज खोप आइतबार नेपाललाई ल्याइएको हो ।

पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई यही असार ९ गतेदेखि खोप दिइँदैछ । खोप आइपुगेपछि नेपालस्थित अमेरिकी दूतावासले कोभिड–१९ महामारीको अन्त्यका लागि नेपालसँग निरन्तर काम गरिरहेको जनाएको छ ।


दूतावासले भनेको छ,‘अमेरिकी जनताको सहयोगमा बालबालिकाका लागि प्रयोग हुने २२ लाख डोज कोभिड–१९ खोप आज नेपाल आइपुगेको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं,’ कोभिड–१९ महामारीको अन्त्यका लागि हामी नेपालसँग निरन्तर काम गरिरहेका छौं।’