कतारका लागि नेपालको राजदूतमा ढकाल नियुक्त



काठमाडौँ । कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा उनलाई बिहीबार सो पदमा नियुक्त गरेकी हुन् ।    

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेकाे विज्ञप्तिमा उनलाई संविधानको धारा २८२ बमोजिम सो पदमा नियुक्त गरिएको जनाइएको छ ।