एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय 



काठमाडौँ । सरकारले अमेरिकालाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेर पत्र लेख्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजका अनुसार बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको हो ।


यो सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद थियो । उक्त सम्झौताको मस्यौदा भनिएका १० बुँदा सार्वजनिक भएपछि नेपालमा विवाद सुरु भएको थियो । सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले सरकारलाई अमेरिकालाई एसपीपी अस्वीकार गर्ने पत्र लेख्न आग्रह गर्दै आएका थिए ।