इन्धनको भाउ फेरि बढ्यो, पेट्रोल १९९, डिजेल–मट्टितेल १९२ रुपैयाँ पुग्याे



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

योसँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टीतेलको १९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । खाना पकाउने ग्याँसको मूल्य भने बढाइएको छैन ।