हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । छ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माकाअनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार लक्ष्मीदेवी पाण्डे निर्वाचित भएकी हुन् । उनी यसअघि पनि अध्यक्षमा निर्वाचित भएकी थिइन् । पाण्डेले छ हजार ४५५ प्राप्त गरी निर्वाचित हुँदा उनकाे प्रतिस्पर्धी नेकपा (एमाले)का चेतबहादुर रानाले पाँच हजार ७४१ मत प्राप्त गरे ।


उपाध्यक्षमा कांग्रेसकै पूर्णसिंह राना निर्वाचित भएका छन् । रानाले छ हजार ७०५ मत प्राप्त गर्दा उनकाे प्रतिस्पर्धी एमालेकी मनी पाण्डेले पाँच हजार ७३८ मत प्राप्त गरिन् ।