सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसको अग्रता



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

हालसम्मको मतगणनाअनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका उपेन्द्रबहादुर खड्काले एक हजार ८४९, नेकपा (एमाले) का मोहनमाया ढकालले एक हजार ७९७ र राप्रपाका मुकुन्दश्याम गिरीले ७६९ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टीका गगनबहादुर सारुले २२, नेपाल मजदूर किसान पार्टीका गोविन्दनाथ योगीले १३, नेकपा एकीकृत समाजवादीका धनाकुमारी जिसीले १३, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्माले दुई मत प्राप्त गरेका छन् ।


वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल छ । उपप्रमुखमा भने एमालेका नीलकण्ठ खनालले अग्रता लिएका छन् । उनले दुई हजार ११३, माओवादीका शान्ति ढकालले एक हजार ६४९ र राप्रपाका लक्ष्मीकुमारी विकले ११९ मत प्राप्त गरेका छन् । उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार अनिल ढकालले ८८, एकीकृत समाजवादीका वीरबहादुर रावतले ३३, नेपाल मजदूर किसान पार्टीका बिजुकला रानाले १६, जनता समाजवादी पार्टी नेपालका सन्तोषी विकले छ मत प्राप्त गरेका छन् । वीरेन्द्रनगरमा ४८ हजार ३०४ मत खसेको थियो ।