सुनसरीको रामधुनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले



इनरूवा । सुनसरीको रामधुनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

बिहीबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार एमालेका उम्मेदवार शङ्कललाल चौधरीले १३ हजार ३७२ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदीप अधिकारीले ११ हजार ४०५ मत ल्याए ।


त्यसैगरी नगरपालिकाको उपप्रमुखमा एमालेकी तारा थापा निर्वाचिन भएकी छन् । उनले १२ हजार २२० मत ल्याएर निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी आशाकुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर पराजित भएकी छन् । ।