सिम्रौनगढ नगरपालिकामा लोसपा विजयी



कलैया । सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार किशोरी साह कलवार निर्वाचित भएका छन् । उनले ११ हजार १३१ मत ल्याई नेपाली कांग्रेसका प्रत्याशी विजयशङ्करलाई हराएका हुन् । यादवले भने नौ हजार ३११ मत पाए ।

त्यसैगरी उपप्रमुखमा नजबु शेहरले नौ हजार ८४३ मत ल्याई विजयी भएका छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीता कुसवाहाले आठ हजार ४६१ मत प्राप्त गरिन् ।