सप्तरीकाे सप्तकोसी–२ मा एमाले प्यानलसहित विजयी



सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–२ मा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ । भर्खरै प्राप्त परिणाम अनुसार १२० मतको अन्तरले एमालेका जाहिर हुसेन वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४६८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का मधुकरप्रसाद चौधरीले ३४८ मत प्राप्त गरे ।

खुला सदस्यमा एमालेका रवीन्द्रनाथ चौधरी र नवराज अधिकारी तथा महिला सदस्यमा पानोकुमारी राजधानी र दलित महिला सदस्यमा रामसतीदेवी राम विजयी भएका छन् । उक्त वडामा एमाले, कांग्रेस, माओवादी र राप्रपाका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।