सङ्खुवासभामा सभापोखरीमा गठबन्धन विजयी



किमाथाङ्का । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी भएका छन् । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी भएका हुन् ।

विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत प्राप्त गरेका छन् । सुब्बा यसअघिका गाउँपालिका अध्यक्ष थिए ।


उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) की लक्ष्मी चापागाईं दुई हजार ४३९ मत ल्याएर विजयी भएकी छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सविता बरालले दुई हजार ३७६ प्राप्त गरेकी छन् ।