वडा नं २२ मा एमालेका महर्जन विजयी



काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय भएका छन् । महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् । महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भएका छन् । महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन् ।