ललितपुरको महालक्ष्मी नगरमा मतगणना सुरु



ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ ।

बिहान ११ बजेबाट गणना सुरु गर्ने भनिए पनि तयारीका काम सकाएर भर्खरै सुरु भएको जनाइएको छ । राति भएको सर्वदलीय बैठकले बिहान ११ बजेबाट गणना सुरु गर्ने निर्णय गरे पनि त्योभन्दा झण्डै चार घण्टापछि मात्रै गणना सुरु भएको हो ।


महालक्ष्मी नगरबाट प्रमुखमा नेकपा (एमाले)बाट हरिगोविन्द श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)बाट शिव कट्टेल, नेकपा (एकीकृत समाजवादी)बाट नकुल थापाले उम्मेदवारी दिएका थिए । उपप्रमुखमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन, एमालेबाट वीना सुवेदी केसीले उम्मेदवारी दिएका हुन् ।