रुकुम (पूर्व)मा कार्यपालिका सदस्य निर्विरोध



रुकुम(पूर्व) । रुकुम(पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्यकबाट उनीहरु सदस्यमा निर्विरोध भएका हुन् ।

गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । सिस्ने कार्यपालिका सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मीना केसी र सपुरी बुढा निर्विरोध चयन भएका छन् । दलित तथा अल्पसङ्ख्यकबाट सूर्य नेपाली र थलबहादुर सार्की गाउँ कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।


यस्तै भूमेमा गाउँ कार्यपालिका सदस्य पदमा सबै निर्विरोध निर्वाचित भएका छन् । महिलातर्फ सुनकुमारी रोका, विमला विक, भारती नेपाली र फोमती बुढा निर्विरोध भएका छन् । दलित तथा अल्पसङ्ख्यकतर्फ भागिलाल दमार्इं र चेतबहादुर कामी निर्विरोध भएका छन् ।

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि चार महिला सदस्य गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकामा ग्वारी बुढा, भारसी बुढा, जोरकुमारी बुढा र मल्ली पुल निर्विरोध भएको निर्वाचन अधिकृत नारायण चापागाईंले जानकारी दिए ।