राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए ।


पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा मओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत पाएका थिए । थारुकी निकटतम प्रतिस्पर्धी एमालेकी चमेली बागवलले ९ हजार ३४१ मत पाउदा माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत पाएकी थिइन् ।

सो पालिकामा नेकपा एमालेले पाँच, राप्रपा एक, र माओवादी केन्द्रले तीन वडामा जीत हासिल गरेको छ । पालिकमा ३२ हजार ९६७ खसेको मतमा करिब सात प्रतिशत मत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिए ।