राजेन्द्र लिङ्देनको गृहपालिका हल्दिबारीमा राप्रपा विजयी



काठमाडाैँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा विजयी भएको छ । गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली विजयी भएकी छन् । 

कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको अर्को गठबन्धनलाई पराजित गर्दै राप्रपाले दोश्रोपटक हल्दिबारीमा विजय प्राप्त गरेको छ । रवीन्द्रले ५८५६ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेका डम्बर गिरीले ४२०५ मत मात्र पाए । 


यस्तै उपाध्यक्षमा निर्वाचित मैनालीले ४४१९ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी एमालेकी शान्तिदेवी गौतमले ३६९७ मत पाइन् ।

यो जितसँगै राप्रपाले दुईवटा पालिकामा जित हासिल गरेको छ । यसअघि राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकामा मेयर पदमा जित प्राप्त गरेको छ ।