योगेश भट्टराईको गृहपालिका मौवाखोलामा माओवादी केन्द्र विजयी



ताप्लेजुङ । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार राजनकुमार थक्लुङलाई ५५७ मतान्तरले पछि पार्दै माओवादी केन्द्रका विजयप्रकाश वनेमले विजय प्राप्त गरेका हुन् ।

आज सम्पन्न भएको मतगणनामा वनेमले दुई हजार ६०९ मत प्राप्त गरेर विजय भएको निर्वाचन अधिकृतको कार्यालय मैवाखोलाले जनाएको छ । दुई हजार ५२ मत ल्याएर एमालेको उम्मेदवार थक्लुङ पराजित भएका छन् ।


त्यस्तै दुई हजार ५१० मत प्राप्त गरेर नेपाली कांग्रेसबाट उपाध्यक्ष पदमा कमलकुमारी वनेम उपाध्यक्ष निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

मैवाखोलामा एमालेले २०४८ सालदेखि निरन्तर जित्दै आएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यबाहेक सबै एमालेले जितेको थियो । मैवाखोला क्षेत्र जननेता मदन भण्डारीको जन्मथलो पनि हो ।