मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस निर्वाचित



माेरङ । सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको कटहरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरीले छ हजार ५८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुभाषकुमार सरदारले पाँच हजार ८८२ मत प्राप्त गरेका थिए ।


उपाध्यक्षमा एमालेका सीतादेवी राजवंशीले पाँच हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकाे निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मन्जिताकुमारी सरदारले पाँच हजार ७०५ मत प्राप्त गरेकी थिइन् । अध्यक्ष पदमा तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का किशोरकुमार पाण्डेले तीन हजार ५३७ र उपाध्यक्षमा सोही पार्टीका पुजनदेवी सरदारले तीन हजार ६६६ मत प्राप्त गरेका थिए ।