मुख्यमन्त्री राउतद्वारा मतदान



वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले लोकतन्त्रको मेरुदण्डका रुपमा निर्वाचन रहेकाले निर्धक्क भई मतदानमा भाग लिन मतदातालाई आह्वान गरे ।