मनाङको चामे गाउँपालिका वडा नम्बर ५ काे वडाअध्यक्षमा एमालेका गुरुङ विजयी



लमजुङ । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् ।

शुक्रबार रातिको मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए । दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएको चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुरुङ यसअघि पनि चामे गाउँपालिका ५ का वडाअध्यक्ष थिए ।