मकवानपुरको राक्सिराङ गाउँपालिकाको अध्यक्षमा मल्ल र उपाध्यक्षमा थिङ विजयी



मकवानपुर । मकवानपुर जिल्लाको उत्तरी विकट एवं दुर्गम क्षेत्रका रूपमा रहेको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल विजयी भएको निर्वाचन कार्यालय राक्सिराङले जनाएको छ ।

कार्यालयको सार्वजनिक मत परिणामअनुसार पाँच हजार ४८१ मतसहित मल्ल दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । सो गाउँपालिकाका अध्यक्ष पदका अर्का प्रत्याशी एवं निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बावुलाल स्याङ्तानले चार हजार ५७२ मत प्राप्त गरेकाे बताइएको छ ।


त्यस्तै उक्त गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार वनस्तम थिङ चार हजार ८३९ मतसहित विजयी भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका सुन्तलीमाया चेपाङले चार हजार १२९ मत प्राप्त गरेकाे सो कार्यालयले घोषणा गरेको छ ।