भरतपुरमा विजय सुवेदीलाई १९ मतकाे अग्रता



चितवन । भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।  ७०६१ गन्दा गठबन्धनबाट एमालेका विजय सुवेदीले २५४९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत प्राप्त गरेकी छन् ।  

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २७६९ मत पाएर अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेकी राप्रपा उम्मेदवार हिमला गुरुङले १९७५ मत पाएकी छन् ।