भरतपुरमा रेनुलाई २२६ मतको अग्रता



चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले अग्रता लिएकी हुन् ।

१९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।


उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत ल्याएकी छन् ।