बूढानलिकण्ठ–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी



काठमाडाैँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको आज सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार आकाश धितालले ५१२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरे । उक्त वडामा एक स्वतन्त्रसहित पाँच राजनीतिक दलले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।


यस्तै, खुला वडा सदस्य पदमा एमालेका उम्मेदवारद्वय विक्रमराज श्रेष्ठ ६१०, विकास तामाङ लामा ६१४ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार बालमाया श्रेष्ठले ५५४ र दलित महिला सदस्यमा एमालेकी उम्मेदवार सुशीला रम्तेल ५७९ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत भट्टराईले बताए ।

कूल ४८ हजार ३०४ मतदाता रहेको बूढानीलकण्ठ नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । उक्त नगरपालिकामा १३ वडा रहेका छन् ।