बुटवलको मिलनचोकमा बम विस्फोट



बुटवल । बुटवलको मिलनचोकमा बुधबार साँझ बम विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारीअनुसार मिलनचोकको आकाशे पुल नजिकै बम पड्किएको हो ।

विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरपर केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । उक्त स्थानबाट नेकपा माओवादीको नाममा पर्चाहरुसमेत फेला परेको प्रहरीले जनाएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।