बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी



बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नेकपा माओवादीका प्रमुख पदका उम्मेदवार विश्वबहादुर थारुलाई पराजित गर्दै कांग्रेसका प्रमुख पदका उम्मेदवार जमानसिं केसी सात हजार ६९८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वबहादुर थारुले छ हजार ६२० मत प्राप्त गरे ।


उपप्रमुखमा कांग्रेसका लक्ष्मीकुमारी चौधरी सात हजार १५३ मत प्राप्त गरी विजयी भएकी छन् । उनकाे निकटतम माओवादी केन्द्रका लीला चौधरीले छ हजार ५८३ मत प्राप्त गरिन् ।