पाल्पाको रिब्दीकोटमा माओवादीका कार्की र कांग्रेसकी अधिकारी विजयी



पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायणबहादुर कार्की पाँच हजार ७०४ मत सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का निवर्तमान गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चार हजार ७२६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्ता अधिकारीले पाँच हजार ४७९ मत ल्याएर निर्वाचित भएकी छन् । अधिकारीको प्रतिस्पर्धी एमालेकी लक्ष्मी खनालले चार हजार ९२६ मत प्राप्त गरेकी छन् । यस पालिकामा २०७४ को निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यहाँ १६ हजार ३९५ मतदाता रहेकोमा गत वैशाख ३० गते भएको निर्वाचनमा ११ हजार २५९ मत खसेको थियो ।