पल्टिएको ट्यांकर हटाएपछि खुल्यो पोखरा विमानस्थल



कास्की । पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुन: सुरू भएको छ । धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएपछि आज बिहान विमानस्थल बन्द गरिएको थियो।

बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेकाे थियाे । आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको हो ।