न्युजिल्याण्डका प्रधानमन्त्रीलाई कोरोना संक्रमण



न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको संक्रमण देखिएको शनिबार जनाइएको छ । उनले आइतबार सो कुरा जानकारी गराएकी छन् ।

शनिबार बिहान उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताएकी हुन् । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै एकान्तवास बस्ने जानकारी पनि गराएकी थिइन् । उनले सामाजिक सञ्जालमा आफूले कोरोना भाइरसका विरुद्धमा विभिन्न सतर्कता अपनाउँदा पनि भाइरस देखिएको बताएकी हुन् ।


प्रधानमन्त्री जासिन्डा आर्डर्नका सहयोगी पनि संक्रमित भएकाले आफू र सहयोगीले घरबाटै कार्यालयको काम गर्नेगरी व्यवस्था मिलाएको पनि उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।हाल न्युजिल्याण्डमा दैनिक ७ हजारभन्दा बढी नागरिकमा कारोना भाइरसको संक्रमण हुने गरेको बताइएको छ ।