संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन्।
“सो क्षेत्रभरि हावाको गतिले तीव्र गतिमा आगो लस भेगास तर्फ पूर्व र ग्यालिनास क्यान्यनमा दक्षिणतिर फैलिएको थियो। हावाको तीव्रप्रवाहले आगलागी अनुमान भन्दा छिटो भैलिरहेको बताइएको छ। यो तीव्रता आज पनि जारी रहनेछ,” सान्ता फे नेसनल फरेस्ट (SFNF) का आगो प्रबन्धकहरूले काफ क्यान्यन र हर्मिट्स पीकमा शनिबार उल्लेख गरेका छन् ।
डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ। विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएको छ।