नुवाकोटको तादीमा कांग्रेस विजयी



नुवाकाेट । जिल्लाको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन् । तादीमा सत्तासीन दलहरूबीच गठबन्धन भएको थिएन ।

अध्यक्षमा निर्वाचित तामाङले तीन हजार २४१ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का किरण रिजालले दुई हजार ५१८ मत ल्याएका छन् ।


उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सञ्जु प्याकुरेल विजयी भएकी छन् । प्याकुरेलले तीन हजार ३९७ मत ल्याएकी छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी ईश्वरी उप्रेतीले दुई हजार ७७८ मत ल्याएकी छन् ।

वडाध्यक्षहरूमा वडा नं १ मा नेपाली कांग्रेसका नकुरदोङ तामाङ, वडा नं २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नं ३ मा कांग्रेसका सोनाम थिङ तामाङ, वडा नं ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, वडा नंं ५ का एमालेका सरोज भण्डारी र वडा नं ६ मा माओवादी केन्द्रमा शेरमान तामाङ निर्वाचित भएको तदी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको अन्य ११ स्थानीय तहको मतगणना जारी रहेको छ ।